भारतीय कंग्रेसका चार सांसद निलम्बित
फरकधार / १० साउन, २०७९

मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । १२ अगस्टमा सकिने बर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो ।



यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए । निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको सालिक नजिक गएर नाराबाजी गरेका थिए । सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ ।



केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ । ‘हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसले भन्यो।
 



  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ९:१४:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया