प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पौडेलले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, बैठकमा शिक्षामन्त्री पौडेलले राष्ट्रिय सभामा उत्पति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको छ ।    

यस्तो छ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची :





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ९:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया