सिभिल बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच एमओयु

काठमाडौं– सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले एसियन लाइफ इन्स्योरेन्ससँग एमओयु (सम्झौता) गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एसियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । 

हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले एसियन लाइफका बिमा सेवा अब विनाझन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखामार्पmत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष लाभ दिने बताए । 

सिभिल बैंकले यसअघि पनि विभिन्न जीवन तथा निर्जीवन बिमा कम्पनीसँग सम्झौता गरी आफ्ना ग्राहकलाई बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।





  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १८:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया