जनस्वास्थ्यमा सरकारले चासो दिएनः योगेश भट्टराई
फाइल तस्वीर

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । 

उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए । 

सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको बताए । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताए । 

सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानामा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए । उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए । 

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताए । उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउने पानीका मुहान र सप्लाई गर्ने ट्यांकरको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १३:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया