विराटनगरका मेयरको सम्पत्ति : साढे चार विघा जग्गा, सवा तीन करोडको प्राडो गाडी

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले महानगरपालिकामा आफ्नो सम्पत्ति विवरण महानगरपालिकामा बुझाएका हुन् । 

उनले आफ्नो नाममा रहेको सम्पत्ति विवरणमा विराटनगर–१५ र ११ नम्बर वडामा गरी करिब साढे ४ बिगाहा जग्गा रहेको उल्लेख गरेका छन् । मेयर कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्र बुझाएका हुन् । 

मेयर कोइरालाले आफ्नो व्यक्तिगत नामामा मात्र रहेको सम्पत्ति विवरण बुझाएका हुन् । उनले आमा, बुवा, श्रीमती र आफन्तको नाममा रहको सम्पत्ति विवरण भने नबुझाएको महानगरपालिकाले जनाएको छ ।  

उनले बुझाएको विवरणमा विराटनगर–१५ को विभिन्न कित्ता नम्बरमा ८५ कठ्ठा जग्गा छ । उक्त जग्गा पैत्रिक सम्पत्तिबाट प्राप्त भएको मेयर कोइरालाले उल्लेख गरेका छन् । 

त्यस्तै, विराटनगर–११ मा ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । तर, सो जग्गा भाइ पुरु कोइरालाको नाममा रहेको मेयर कोइरालाले कैफियतमा उल्लेख गरेका छन् । 

उनले २० वर्ष अगाडी तत्कालिन आठ लाख मुख्य बराबरको पैतृक सम्पत्तिबाट ८० तोला सुन खरिद गरेको जनाएका छन् । 



त्यस्तै, मेयर कोइरालाले बुझाएको सम्पत्ति विवरणमा सानिमा बैंकमा रहेको आफ्नो खातामा नगद १० लाख रुपैयाँ रहेको उल्लेख छ । उक्त नगद पनि पैतृक सम्पत्तिबाटै आएको उनले उल्लेख गरेका छन् ।

उनले पैतृक सम्पत्तिबाटै तीन करोड ३० लाखमा टोयटाको प्राडो गाडी खरिद गरेको जनाएका छन् । त्यस्तै, आफूसँग एउटा ट्याक्टरसमेत रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।



  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १७:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया