मंसिरको ४ गतेलाई निर्वाचन मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ : प्रमुख आयुक्त थपलिया
फाइल तस्वीर

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दाबी गरेका छन । 

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थपलियाले सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने संकेत गरेका हुन् ।

उनले अब बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्दा आश्चर्य नमान्न आग्रह गरेका हुन् । उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरेर सिफारिस गरेको बताए । आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्थाअनुसार सरकारले मिति तोक्ने उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १७:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया