महँगी र कालोबजारीविरुद्ध हेटौँडामा एमालेको विरोध प्रदर्शन (तस्बिरहरु)

नेकपा एमाले,मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार महँगी र कालोबजारीविरुद्ध विरोध प्रदर्शन गरेको छ । जनप्रदर्शन गर्दै सो पार्टीले संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।  

हेटौँडा ५ पुष्पलाल पार्कस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हेटौँडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 
कोणमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाए । उनले गठबन्धन सरकार जनताबाट अनुमोदित नभएको र जनताप्रति प्रतिबद्ध नरहेको भन्दै छिटोभन्दा छिटो संघीय निर्वाचन घोषणा गर्न माग गरे ।

विरोध प्रदर्शन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानालगायत एमाले बागमती प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारी र कार्यकर्ताको उपस्थिति थियो ।





 

 

 

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १८:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया