भक्तपुरमा यसरी मनाइयो गथे मुँग पर्व [तस्वीरहरू]

भक्तपुरसहित नेवार समुदाय बसोबास भएका स्थानमा गथे मुँग पर्व मनाइको छ । परापूर्वकालमा दुःख दिने घण्टाकर्ण नामक राक्षसलाई मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । यो पर्वका दिन बिहानै नर्कटमा पराल वा छ्वाली बेरेर घण्टाकर्णको प्रतीमा बनाइ दोबाटोमा ठड्याइन्छ । साँझ परेपछि सोही प्रतिमालाई जलाएर यो पर्व मनाइने गरिन्छ । घण्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए रोगब्याधी हट्छ भन्ने जनविश्वास रहेको छ । यो पर्व नेवार समुदाय बसोबास गर्ने शहर भक्तपुरसहित काठमाडौं उपत्यका, दोलखा, बन्दीपुरसहितका स्थानमा मनाइने गरिन्छ ।





 

 

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १९:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया