अक्सफामको एनुअल इनिक्वालिटी रिपोर्ट
२०१८ मा विश्वका २६ धनी व्यक्तिले कुल जनसंख्याको आधाले भन्दा ज्यादा धन कमाए

लन्डन– २०१८ मा विश्वका २६ धनी व्यक्तिले कुल जनसंख्याको आधा मानिस (गरिब) ले भन्दा ज्यादा धन कमाएको अन्तर्राष्ट्रिय च्यारिटी संस्था अक्सफाम इन्टरनेसनलको रिपोर्टले देखाएको छ ।

रिपोर्टमार्फत अक्सफामले बढ्दो असमानतासँग लड्न धनीहरुसँग ज्यादा कर असुल्न राष्ट्रहरुलाई आग्रह गरेको छ । 

सोमबार अक्सफामले सार्वजनिक गरेको एनुअल इनिक्वालिटी रिपोर्टले विश्वका डलर अर्बपतिहरुको सम्पत्ति २०१८ मा प्रतिदिन २.५ अर्ब डलर बढेको देखाउँछ, जब कि ३.८ अर्ब गरिबहरुको सम्पत्ति ११ प्रतिशतले घटेको छ । २००८ को ‘ग्लोबल फाइनान्सियल क्राइसिस’यता विश्वभरका डलर अर्बपतिको संख्या भन्डै दोब्बर भएको छ । 

‘विश्वका धनी व्यक्ति अमेजनका सिइओ जेफ बेजोसको सम्पत्ति २०१८ मा ११२ अर्ब डलरले बढ्यो,’ रिपोर्टमा उल्लेख छ । बेजोसको सम्पत्तिको जम्मा एक प्रतिशत साढे १० करोड जनसंख्या भएको मुलुक इथियोपियाको कुल स्वास्थ्य बजेटबराबर रहेको अक्सफामले उल्लेख गरेको छ । 

मंगलबार स्विटजरल्यान्डको डेभसमा हुने वर्ल्ड इकोनोमिक फोरमको पूर्वसन्ध्यामा अक्सफामले यस्तो तथ्य प्रस्तुत गरेको हो । 

विश्लेशकहरुले विश्वका ३.४ अर्ब मानिसले दैनिक ५.५ डलरभन्दा कम पैसाले गुजारा चलाइरहेको तथ्य पत्ता लगाएका छन् । बढ्दो असमानता र धनी–गरिबबीचको खाडलले गरिबीविरुद्धको अभियानलाई दबाउने मात्र नभई अर्थतन्त्रलाई नै बिगारिरहेको उनीहरुको विश्लेषण छ । 





  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार २१:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया