नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् ।
एमाले चितवन जिल्ला कमिटीले मंगलबार भरतपुरमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संघ र प्रदेशको निर्वाचनमा झन् सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे ।
पार्टीले देशव्यापी रुपमा संघ र प्रदेशको निर्वाचनकेन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै उनले गाँउ–गाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।