शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार नेपाल प्राध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको भेटमा उनले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइलगायत विषयमा छलफल गरे ।
छलफलका क्रममा उनले विश्वविद्यालय सुधारका लागि प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।
मन्त्री पौडेलले भने, ‘समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन, छलफल र बहसबाट टुंग्याऔँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।