‘पूर्वराष्ट्रपति राजापाक्षे सिंगापुरबाट स्वदेश फर्किन सक्छन्’

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् ।

सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए । उनी पहिलोपटक १३ जुलाईमा माल्दिभ्स भागेका थिए । त्यसको भोलिपल्ट उनी सिंगापुर गएका थिए ।

मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजापाक्षेको बारेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्रिपरिषद्का प्रवक्ता रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति नलुकेको र उनी सिंगापुरबाट फर्कने अपेक्षा गरिएको बताए । 

यातायात, राजमार्ग तथा आमसञ्चार मन्त्रीसमेत रहेका गुणवर्द्धनाले पूर्वराष्ट्रपति देश छोडेर भागेको र लुकेर बसेकोमा आफूलाई विश्वास नलागेको बताए ।    





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ७:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया