राष्ट्रिय परीक्षा बोर्डले आज एसइईको नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीका अनुसार मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो ।
गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन् ।
बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरेको थियो ।
यसरी हेर्न सकिनेछ एसइई नतिजा :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।