दाउन्नेमा बस पल्टिँदा ३१ जना घाइते, चारको अवस्था गम्भीर

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी भएको छ । घटनामा ३१ जना घाइते भएका छन् र घाइतेमध्ये चारजनाको गम्भीर छ । 

नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकका अनुसार कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगो लागेको हो ।

बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको उनको भनाइ छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यविन्दू अस्पतालमा उपचार भइरहेको छ । 

फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ८:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया