कंगनालाई महाराष्ट्रमा हिँडडुल गर्न नदिने करणी सेनाको धम्की

एजेन्सी– बलिउड चलचित्र ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ को विवाद झन् झन् बढ्दै गएको छ । चलचित्र पक्ष र राजपुत सेनाबीच सुरु भएको विवाद चर्किएको छ । 

फिल्म रिलिज हुनभन्दा अगाडि करणी सेनालाई नदेखाए फिल्म हल तोडफोड गर्ने धम्की उनीहरुले दिएका थिए । धम्कीपछि अभिनेत्री कंगनाले त्यसको खण्डन गर्दै कडा प्रतिवाद गरेकी थिइन् । उनले करणी सेनाले अनावश्यक दुख दिएमा उनीहरु कसैलाई नछोड्ने प्रतिक्रिया दिएकी थिइन् ।

कंगनाको प्रतिक्रियापछि करणी सेनाले उनलाई महाराष्ट्रमा प्रवेश गर्न रोक लगाउने धम्की दिएको छ । महाराष्ट्र करणी सेना अध्यक्ष अजय सिंह सेंगरले कंगनाको फिल्म सेटसमेत जलाउने चेतावनी दिएका छन् । साथै कंगनालाई महाराष्ट्रमा हिँडडुल गर्न पनि नदिने सेंगरले बताए । 

करणी सेनाका राष्ट्रिय प्रवक्ता डा. हिमांसुले आफूहरुले मर्णिकर्णिकाको विरोध नगरेको बताएका छन् । करणी सेनाको नाममा अरु नै कसैले कंगनालाई धम्क्याइरहेको हिमांसुको भनाई छ । 

करणी सेनाले आइतबार महाराष्ट्रमा चलचित्रविरुद्ध प्रदर्शन गरेका थिए । फिल्ममा रानी लक्ष्मीबाई र ब्रिटिश अफिसरबीचको प्रेम प्रसंग रहेकोप्रति करणी सेनाले आपत्ति जनाएको छ ।

कंगनाले चलचित्रको कथालाई स्पष्ट पार्दै भनेकी छन्– ‘फिल्मको कथा चार जना इतिहासविदद्धारा प्रमाणित गरिएको हो । हामीलाई सेन्सर सर्टिफिकेट पनि मिलिसकेको छ । करणी सेनालाई स्पष्ट रुपमा यो बारेमा बताउँदा पनि हामीलाई दुख दिइरहेका छन्, म पनि एक राजपुत हुँ, मलाई अरु समस्यामा पारे म उनीहरु सबैको नष्ट गर्दिन्छु ।’



मणिकर्णिका भारतीय गणतन्त्र दिवसको अवसरमा रिलिज गरिदैँछ । जसमा कंगनासँगै अंकिता लोखंडे, डेनी डेन्जोंग्पा, जिस्सु सेन गुप्ता, अतुल कुलकर्णी रहेका छन् । यो चलचित्रबाट कंगनाले निर्देशकको रुपमा डेब्यु गरेकी छन् । फिल्मका निर्माता कमल जैन हुन् । 
 



  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार ९:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया