महिला क्रिकेटका चार ठूला प्रतियोगिता घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२४ देखि २०२७ सम्म आयोजना हुने महिला क्रिकेटको चार ठूला प्रतियोगिताको घोषणा गरेको छ ।

आइसिसीले घोषणा गरेको प्रतियोगिता अनुसार बंगलादेशले २०२४ मा महिला टी–२० विश्वकप आयोजना गर्नेछ । यो बंगलादेशले आयोजना गर्ने पहिलो आइसिसी महिला प्रतियोगिता हुनेछ ।

यस्तै, २०२५ मा एक दिवसीय विश्वकप भारतमा हुँदा २०२६ को टी–२० विश्वकप इंल्याण्डले आयोजना गर्नेछ । २०२७ मा टी–२० च्याम्पियन्स ट्रफी श्रीलंकामा हुनेछ । 

बंगलादेशले २०१४ को पुरुष टी –२० विश्वकप आयोजना गरेको एक दशकपछि महिला टी–२० विश्वकपको आयोजना गर्ने मौका पाएको हो । सेप्टेम्बर–अक्टोबरमा हुने प्रतियोगितामा १० टोलीले २३ खेल खेल्नेछन् ।

भारतले पाँचौँ पटक महिला एक दिवसीय विश्वकप आयोजना गर्दै छ । प्रतियोगितामा ८ टोलीले ३१ खेल खेल्नेछन् । इंल्याण्डमा हुने टी–२० विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३३ खेल हुनेछ ।

पहिलो पटक हुन लागेका च्याम्पियन्स ट्रफीमा ६ टोलीले सहभागिता जनाउँदा कुल १६ खेल हुनेछन् । तर, आइसिसीले आयोजक श्रीलंका प्रतियोगिताका लागि छनोट नभएमा यसलाई अन्यत्र सारिने बताएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ११:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया