इटालियन सिरी एः युभेन्टसको शानदार जित

एजेन्सी– इटालियन सिरी ए फुटबलमा युभेन्टसले चिभोमाथि उत्कृष्ट जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टस ३–० गोलअन्तरले विजयी भएको हो । 

युभेन्टसका लागि डग्लस कोस्टा, इम्रे केन र ड्यानियल रग्नीले गोल गरेका हुन् । खेलको १३औं मिनेटमा कोस्टाको गोलबाट अग्रता लिएको हो । पहिलो हाफको अन्तिम मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । युभेन्टसले अर्को गोल भने ८४औं मिनेटमा गरेको हो ।  

यससँग लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले २० खेलबाट ५६ अंक जोडेको छ भने दोस्रो स्थानको नापोलीले समान खेलबाट ४७ अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार ९:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया