ऋषि सुनक र लिज ट्रसको लाइभ बहसकी प्रस्तुतकर्ता भइन् बेहोस

बेलायतको नयाँ प्रधानमन्त्री पदका दावेदार ऋषि सुनक र लिज ट्रस बीचको लाइभ टिभी बहसका क्रममा प्रस्तोता बेहोस भएकी छन् । प्रस्तोता बेहोस भएर भुइँमा लडेपछि बहस कार्यक्रम रद्द गरिएको छ ।

बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता छान्ने प्रक्रिया चलिरहेको छ, जो बेलायतको अर्को प्रधानमन्त्री पनि बन्ने छन् ।

बेलायतका पूर्वअर्थमन्त्री र भारतीय मूलका नेता ऋषि सुनकबीच प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार दुई नेताहरूले दोस्रो टेलिभिजन बहस गरिरहेका थिए, जुन अचानक नाटकीय रूपमा रद्द गरियो ।

सन एन्ड टक टिभीले आयोजना गरेको बहसलाई पत्रकार केट म्याककेनले संचालन गरेकी थिइन् ।

बेलायतको हेल्थकेयर एनएचएस र कर कटौतीको मुद्दामा दुई दावीकर्ताहरू बीच चर्को बहस भएको थियो ।



त्यस क्रममा लिज ट्रस रुस र राष्ट्रपति पुटिनका बारेमा केही बलिरहँदा दर्शकले ठूलो स्वर सुने । त्यसपछि लिज ट्रस स्क्रिनमा देखिइन् । उनी एक्कासि हल्लिन्, र छक्क परेर आफ्नो अनुहारमा दुवै हात राखेर भनिन् - 'हे भगवान!'

केही सेकेन्ड पछि उनी शान्त भइन्, स्क्रिनमा मौनता थियो, र उनी क्यामेराबाट टाढा प्रस्तोता उभिएको छेउमा गइन्। त्यसपछि कार्यक्रम बन्द भयो ।



ऋषि सुनक पनि पोडियम छाडेर प्रस्तोतातर्फ दौडेको यो बहसको आयोजक द सनले जनाएको छ ।

यो बहस एक घण्टा लामो थियो तर फेरि सुरु हुन सकेको छैन । च्यानलले राजनीतिक सम्पादक तथा कार्यक्रम प्रस्तोता केट म्याककेन अन-एयर कार्यक्रमका क्रममा बेहोस भएको पुष्टि गरेको छ । च्यानलले म्याककेनलाई ठीक भएको बताए पनि कार्यक्रमलाई निरन्तरता दिन नहुने चिकित्सकको सल्लाह दिइएको जनाएको छ ।[बिबिसी हिन्दी]

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १५:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया