कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

कडा खालको निमोनिया देखिएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरिको अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । 

घाँटीको क्यान्सरका कारण भारतमा उपचार गरेर फर्केलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

गतवर्ष साउनमा घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बई लगिएको थियो । 

त्यहाँका अस्पतालमा परीक्षण र उपचार गराउँदा स्वास्थ्यमा सन्तोषजनक सुधार नआएपछि उनलाई केही समयअघि नेपाल ल्याइएको थियो । 

नेपाल आएलगत्तै उनमा निमोनिया देखिएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको पारिवारिक स्रोतको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १५:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया