चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै केसीले यस्तो बताएका हुन् । 

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताए । आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको उनको भनाइ छ । 

आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उनले बताए । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकको समस्यामा जोड दिने उनको प्रतिबद्धता छ । 

अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए । कार्यकारी अध्यक्ष केसीले चलचित्रको विकास र उत्थानका लागि आफू लागिपर्ने बताए । 
 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १८:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया