बागमती प्रदेश : साढे चार वर्षमा ७० विधेयक पारित

बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले बताए । प्रदेशसभाबाट ७० वटा अध्यादेश पारित गरेको तथा तीनवटा विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । 

संंघीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो  रहेको छ ।

प्रदेशसभाको बैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शून्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।

मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशौँ अधिवेशनमा मूल विधेयक तीनवटा र संशोधन विधेयक तीनवटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए । 

यस्तै तीनवटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १८:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया