विराट कोहलीलाई आइसिसी वर्ष खेलाडीको उपाधि

काठमाडौं– भारतीय क्रिकेटर विराट कोहली सन् २०१८ को आइसिसी वर्ष खेलाडी घोषित भएका छन् । भारतीय क्रिकेट टोलीका कप्तान कोहली क्रिकेटर अफ द इयर, टेस्ट क्रिकेटर अफ दि इयर र वानडे क्रिकेटर अफ दि इयर घोषित भएका छन् । कोहलीले उपाधिमाथि ह्याट्रिक गरेका छन् । क्रिकेट इतिहासमा यो पहिलो संयोग हो, जब कुनै क्रिकेटर एकै वर्ष तीनवटै प्रतिष्ठित अवार्डका लागि चुनिएका छन् ।   

कोहलीले टेस्ट प्लेयर अफ दि इयरको उपाधि पहिलोपटक प्राप्त गरेका हुन् । तर, उनले वानडे क्रिकेटरको उपाधि उनले लगातार दोस्रोपटक प्राप्त गरेका हुन् । कोहलीले सन् २०१८ मा एकदिवसीय क्रिकेटमा १३३.५ को औसतले जम्मा १ हजार २ सय २ बनाएका छन् । यही वर्ष उनले एकदिवसीयमा सबैभन्दा छिटो १० हजार रन समेत बनाएका थिए । 

आइसिसीले मंगलबार टिम अफ दि इयरको घोषणा गरेको छ । सन् २०१८ को खेल मूल्यांकनअनुसार घोषित टिममा टिम इन्डियाका कप्तान कोहलीलाई आइसिसीले दुवै टेस्ट र एकदिवसीय टिमको कप्तान पनि छनोट गरेको छ । 

कोहलीका अतिरिक्त टिम इन्डियामा तेज बलर जसप्रित बुमराहले पनि आइसिसीको यी दुवै टिममा स्थान बनाएका छन् । यसका अतिरिक्त विकेटकिपर ब्याटस्म्यान ऋषभ पन्तले टेस्ट टिममा स्थान पक्का गरेका छन् । एकदिवसीय टोलीमा कोहली र बुमराहका अतिरिक्त रोहित शर्मा र कुलदीप यादव पनि छनोट भएका छन् ।
 





  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १३:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया