प्रचण्ड जापान जाने
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । 

प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार  आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

 टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ७:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया