बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’ को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।
‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ । फिल्ममा उनको शैली निकै फरक देखाइएको छ । सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ ।
सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन् । तर, फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।