काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत गरेर ४ जना रहेका छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिम कार्ड, २० थान स्मार्टको सिम कार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।