रोपाइँ सकेर रोजगारीका लागि भारत जाँदै नेपाली
फाइल तस्बिर

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । 

धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन् । धान रोपाइँ गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले दैनिक नेपाली भारत जान बाध्य भएका हुन् । नेपालभन्दा सहज र ज्याला पनि बढी भएका कारण भारत जाने नेपालीको संख्या बढेको हो । 

पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेरबहादुर शाहीले बताए । उनले आफ्नो गाउँ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए । पहिलेदेखि भारतको सिम्लामा काम गर्दै आएका रामबहादुर बिक जेठमा खेती लगाउनका लागि घर फर्किएका थिए । तर, भारतमै काम गर्न सहज भएको कारण पुनः कामका लागि भारत फर्कन लागेको उनले बताए ।    

नेपालका पहाडी जिल्लामा धान रोपाइँको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरू वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब विस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरू भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

अहिले दैनिक सयौँको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । नेपालमा काम गरे अनुरूपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ । 

अधिकांश नेपाली रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिक नेपालमा गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन् । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १३:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया