संघ र प्रदेशको चुनावसम्म दायाँ–बायाँ सोचिन्न, कांग्रेससँगै सहकार्य गरिन्छ : प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने बताएका छन् । 

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघ र प्रदेशको निर्वाचनसम्म नै अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने बताएका हुन् ।

उनले बैठकमा ब्रिफिङ गर्दै निर्वाचनसम्म गठबन्धनको विषयमा दायाँ–बायाँ सोच्न नसकिने बताए । उनले नेकपा एमालेसँग सहकार्यको सम्भावना नरहेको पनि प्रस्ट पारेका छन् । 

स्थायी समिति सदस्य हरिबोल गजुरेलको अनुसार प्रचण्डले वामपन्थी दलबीच समाजवादी केन्द्र बनाएर अगाडि बढे पनि आगामी निर्वाचनमा कांग्रेससँगै गठबन्धन कायम गर्ने स्पष्ट पारेका थिए । 

गठबन्धनभित्रकै वामपन्थी दलबीच पार्टी एकता संयोजन समिति बनाएर अगाडि बढ्न सकिने योजना सुनाएका थिए ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १४:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया