नेताहरूलाई पैसा जम्मा नहुँदा पिर पर्छ, तर देश किन बनेन चिन्ता छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई पार्टीको नीति सिद्धान्तमा टेकेर इमान्दारीता पूर्वक संगठन निमार्णमा लाग्न निर्देशन दिएका छन् । 

नेकपा (एकीकृत समाजवादी)केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित एकहप्ते प्रशिक्षक/प्रशिक्षण तालिम कार्यक्रमको समापन सत्रमा बोल्दै उनले प्रशिक्षार्थीलाई निडर र पार्टीप्रति इमान्दार भएर अगाडि बढ्न प्रेरित गरेका हुन् । 

उनले नेपालमा सिद्धान्त एउटा र व्यहारमा अर्को गर्ने पार्टी मात्र भएको टिप्पणी गरे । उनले नेताहरू पैसा जम्मा भएन भन्ने कुरामा पीर लिने तर देश किन बनेको छैन भन्ने कुरामा चिन्ता नलिने खालका भएको आरोप लगाए ।

'सिद्धान्त र व्यवहारमा ग्याप होइन, भ्रष्टाचारमा डुब्ने अनि इमान्दार हुन्छौँ भनेर हुन्छ । पैसा जम्मा भएन भन्ने कुराले पिरोल्छ तर देश किन बनेको छैन भन्ने कुराले पिरोलेको पाइएको छैन्,' उनले भने ।

उनले आफ्नो पार्टीको पहिलो प्रयास भएको भन्दै प्रशिक्षार्थीले प्राप्त गरेको ज्ञानले आगामी दिनमा उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने बताए । 

यस्तो प्रकारको कार्यक्रमलाई अझ अगाडि बढाउनका लागि प्रदेश, जिल्ला, पालिका र वडा सबै ठाँउमा गएर यस्तो तालिम गर्नुपर्ने नेपालको भनाइ छ । 



'यो हाम्रो पहिलो प्रयास भए पनि सफल रह्यो, हामीले प्रदेश प्रदेशमा स्कुलको व्यवस्था गरेर यस्तो विषयवस्तु सिकाउनु पर्छ । प्रदेश, जिल्ला, पालिका र वडामा यस्तो स्कुलको स्थापना गर्नुपर्छ र पछि गएर तिनीहरू नै नेता बन्ने छन् । तपाईंहरूले प्राप्त गरेको ज्ञानले आगामी दिनमा अगाडि बढ्न प्रेरित गर्नेछ,' उनले भने ।

उनले कसरी देशलाई रूपान्तरण गर्ने, कसरी अरु देशका अभ्यास ग्रहण गर्ने, कसरी सिद्धान्त बस्ने भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया