कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा दिइने
फरकधार / १३ साउन, २०७९

कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जामार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ ।



वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत काम गर्ने सहमति भएको हो । ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जाजरकोटमा विद्युत् नपुगेको नलगाड नगरपालिकाभित्रका १० र ११, छेडागाड नगरपालिकाभित्रका २, ३, ७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य ऊर्जामार्फत विद्युतीकरण गर्ने सहमति भएको छ । 



योभन्दा अगाडि जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालू रहेको छ । सौर्य ऊर्जामार्फत १० वर्षसम्म विद्युत् लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जामार्फत सेवा लिन सकिने अवधारणाअनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाई निर्देशन समेत दिए ।   



  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ७:१९:४,   अन्तिम अपडेट : साउन १३, २०७९ शुक्रबार ७:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया