जुलेस कोउन्डे ५० मिलियन युरोमा बार्सिलोनामा

स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५० मिलियन युरोमा अनुबन्ध गरेको छ । ​क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेसँग सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ । 

सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए । 

यी युवा रक्षकलाई भित्र्याउन इंग्लिस क्लब चेल्सीसमेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछि कोउन्डेले युरोपा लिगको उपाधि हात पारेका थिए । 

प्रशिक्षक जाभिले कोउन्डेअघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रिस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।   





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ७:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया