काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा बिस्कुट, चाउचाउका खोललगायत फोहोर फाल्नेमाथि कारबाही थालेको छ ।
महानगरपालिकाले घर, पसलबाट फोहोर र फुटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुका खोल फाल्नेमाथि निगरानी बढाएको छ ।
यस्ता वस्तु तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइएमा अनुगमन, नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।
अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐनबमोजिम ५ देखि ५० हजारसम्म जरिवाना गर्ने बताएको छ ।
अब टोली नै बनाएर सहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ । आफूले खाएको बिस्कुटको खोल आफ्नो झोलामा राखेर सार्वजनिक स्थानको डस्टबिनमा हाल्न विभागकाे सुझाव छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।