कैलारी गाउँपालिकाका वडा सदस्य चौधरीको निधन

कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवं गाउँपालिकाको गाउँसभा सदस्य उमेशकुमार चौधरीको निधन भएको छ । गाउँपालिका–७ भुईयाँफाँटा निवासी उनको बिहीबार साँझ निधन भएको हो । 

पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासि अचेत देखिएका चौधरी त्यसपछि नउठेको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता दीपेन्द्र बमले जनाए । उनका अनुसार ४२ वर्षीय वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए । उनी रक्तचापको औषधि सेवन गर्दै आएका थिए । 

गाउँसभा सदस्यको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ९:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया