साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्वश्रीमान् तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालै मात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् ।
यो घर किन्न उनले दुई गुण बढी पैसा तिर्नु परेको छ । सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरूको बाटो सदाका लागि अलग–अलग रह्यो । तर, हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् ।
उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिन् । तर, सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुणा मूल्यमा किनेकी छन् ।
लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म १२ अगष्टमा रिलिज हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।