Sat, 30 May, 2020


अफगानिस्तानमा तालिबानको भीषण आक्रमण, कम्तीमा ६५ को मृत्यु
फरकधार / माघ ८, २०७५

काबुल– तालिबान लडाकुहरूले अफगानिस्ताको राजधानी काबुलनजिकै रहेको सैनिक सूचना केन्द्रमा हमला गर्दा कम्तीमा ६५ जनाको ज्यान गएको छन् । घटनामा अन्य कैयौँ घाइते भएको नेसनल डाइरेक्टरेट अफ सेक्युरेटीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।



बिबिसीका अनुसार आक्रमणकारीले कारमा राखिएको बम विस्फोट गराउँदै केन्द्रमा प्रवेश गरी र गोली चलाउन थालेका थिए । यो अफगानिस्तानमा गुप्तचर संस्थामाथि भएको हिंसात्मक आक्रमणमध्ये एक हो ।

पछिल्लो समय अफगान सेनाविरुद्ध तालिबान विद्रोहीहरूले आक्रमण तीव्र पारेका छन् । कतारमा तालिबान–अमेरिका वार्ताको केही घन्टाअघि वारडेक प्रान्तमा यो आक्रमण भएको हो । काबुलबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको आक्रमणमा परेको केन्द्र सरकार पक्षधर शक्तिको तालिमस्थल हो । 

तालिबानले भने अफगान सेनामाथि आक्रमण गरी १९० जना मारेको दाबी गरेको छ । यद्यपि, तलिबानले आफ्ना आक्रमणमा मर्नेको सङ्ख्या बढाएर दाबी गर्ने गरेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्