पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको छ ।
पोखरा विमानस्थलबाट उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो । ‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो । टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ सुवेदीले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ ।’
जहाजमा ४५ जना यात्रु थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।