गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको नजर नजरको बोलेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो ।
गीतको संगीत र रचना वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् । त्यस्तै भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छन् ।
कार्यक्रममा संगीतकार बास्कोटाले जहाँ बसे पनि नेपाली गीत, संगीतलाई माया गर्नुपर्ने बताए । उनले गीतका शब्दहरू नेपाली लोकगीतका भाषालाई प्रयोग गरेर कोरिएको बताए ।
त्यस्तै, नायक पुष्प खड्काले गीत धेरै राम्रो रहेको बताए । उनले आगामी ३ भदौमा विवाहको हल्ला चलाएको बारेमा चलचित्रमा विवाह हुनसक्ने बताए । गीतमा वरिष्ठ संगीतकार मनोहर सुनामको संगीत संयोजन, प्रकाश मिश्रको रेकर्डिङ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।