राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । 

‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १३:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया