\


हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका ग्राहकलाई न्यूनतम महसुल छुट
फरकधार / १३ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सबै ग्राहकलाई न्यूनतम महसुल छुट दिने भएको छ । उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाध्यक्ष  र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीबीच बिहीबार अन्तरक्रियापछि बोर्डका सबै ग्राहकलाई न्यूनतम महसुलमा छुट दिने निर्णय गरिएको हो ।

निर्वाचनको घोषणापत्रमै खानेपानी निःशुल्क उपलब्ध गराउने उल्लेख गरे बमोजिम न्यूनतम् महसुल मिनाहा गर्ने निर्णय गरिएको उपमहानगरपालिका प्रमुख लामाले जानकारी दिइन् । उनका अनुसार न्यूनतम महसुल छुट गर्दा उपमहानगरपालिकाले बोर्डका करिब २३ हजार धाराका लागि वार्षिक २ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याउनुपर्ने हुन्छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले उपमहानगरको यो निर्णयसँगै बोर्डमा आवद्ध नभएका उपभोक्ता समितिहरू पनि बोर्डमा आवद्ध हुन प्रेरित हुने बताए ।
 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १३:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया