गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे–बेसीँशहर सडकखण्डको छेउमै पर्ने लमजुङको बेँशीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । 

पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेंसीशहरकी कल्पना श्रेष्ठ बताउँछिन् । 

बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो झरना हुने गाईखुरे झरनामा युवायुवतीहरूको लर्को लाग्न थालेको छ । हेर्दै सिरिङ हुने झरना । कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।  
त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरुको लर्को लाग्न थालेको छ ।

वर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो । विशेष गरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरूको निकै भिड लाग्ने गरेको छ । हप्ताभरि काममा ब्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् । 

कतिपय त दिनभरीको थकाई मेटाउन साँझपख झरना पुग्ने गर्दछन् । सडक छेउमै भएकोले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन् । काठमाडौंबाट केही दिनका लागि लमजुङ घुम्न आएकी विष्णु केसी छोटो समयमा लमजुङका पर्यटकीय गन्तब्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको बताउँछिन् । 

झरनामा सदरमुकाम बेशीँसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।    





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १४:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया