करार र ज्यालादारी कर्मचारीको पेसागत सुरक्षा सुनिश्चित गर्न एमालेको माग

एमालेले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख किरण गुरुङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्दछ ।’ 

एमालेले देशको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्ने बताएको छ । ‘राज्य र जनताका बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानुनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको हो । वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साहित बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको,’ विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १४:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया