नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुपर्छ : युवराज ज्ञवाली

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले संसदबाट पारित गरेको नागरिकता  विधेयक राष्ट्रपतिले फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो धारणा व्यक्त गरेको हुन् ।

विदेशी छोरी नेपाल आएर बिहे गर्नेबित्तिकै नेपाली नागरिकता दिने कुरा कदापि ठीक नभएको उनको तर्क छ । उनले आज बिहे गर्ने भोलि नेपाली नागरिकता पाउने र पर्सी गएर सम्बन्धविच्छेद गर्ने लहर चल्यो भने यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्नसमेत गरे । 

नागरिकता विधेयकले गर्दा सबैभन्दा बढी मधेसका नागरिक समस्यामा र अल्पमतमा पर्ने नेता ज्ञवालीको भनाइ छ ।

‘विदेशबाट विवाह गरेर नेपाल आउनेबित्तिकै उनीहरूले नागरिकता पाउँलान तर उनीहरूलाई नेपाली भूमिका माया हुँदैन किन भने उनीहरूले पहिले नेपालको रहन सहन सिकेको हुँदैनन्’ उनले भने, ‘त्यसले गर्दा जबसम्म नेपालको माया हुँदैन तबसम्म उनीहरूलाई नागरिकता दिनु हुँदैन । नागरिकता विधेयकले मधेसबाट खतरा हुने सम्भावना बढी छ ।’

उनले यसरी नेपालका रैथाने मधेसमा बसोबास गरेका व्यक्तिहरू अल्पमतमा पर्ने र अन्य देशका विशेष गरी भारत नेपालमा विवाह गर्ने चलन भएकाले त्यहाँ गलत मानसिकताले कसैले बिहे गर्छ भने त्यो खतरनाक रहेको बताए ।

पार्टीले निर्णय नगरेको भए पनि आफ्नो आशा भने राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु नै उत्तम हुने बताए ।  यस्तै, ज्ञवालीले नागरिकता नपाएका नेपाली नागरिकता पाउनुपर्ने तर, नागरिकता पाउने प्रावधान हरू खुकुलो पारिन नहुनेमा आफ्नो स्पष्ट धारण रहेको बताए ।





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १६:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया