अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न लिङ्देनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् । 
    
अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए ।  

वर्तमान गठबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिए ।





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १६:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया