सुदूरपश्चिममा हालसम्म लक्ष्यको ७९ प्रतिशतले मात्र लगाए कोरोना खोप
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशको कूल जनसंख्या २७ लाख १८ हजार १६७ छ । ती मध्ये २२ लाख ८३ हजार ३९२ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य प्रदेश सरकारले लिएको छ । तर, हालसम्म लक्ष्यको ७९ प्रतिशत अर्थात १८ लाख एक हजार ५८६ जनालाई मात्र खोप लगाइएको छ ।

प्रदेशमा २१ प्रतिशतले अझै खोप लगाएका छैनन् । बझाङ र अछाममा खोप लगाउनेको संख्या सबैभन्दा न्यून छ । बझाङमा ६५ प्रतिशतले पहिलो र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै अछाममा ६५ प्रतिशतले पूर्ण, ५९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले बझाङ र अछामबाहेक सबै जिल्लाको खोपको अवस्था सन्तोषजनक रहेको बताए । 

उनका अनुसार सुदूरपश्चिमका ८२ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । प्रदेशका ७९ प्रतिशत नागरिकले दुवै मात्रा लगाएका छन् । प्रदेशका ३१ प्रतिशत नागरिकले अतिरिक्त मात्रा लगाएका छन् । 

स्वास्थ्य महाशाखाका अनुसार कञ्चनपुरमा ८७ प्रतिशत नागरिकले खोप लगाएका छन् । जिल्लामा पहिलो मात्रा ९१ प्रतिशत र थप मात्रा ३२ प्रतिशतले लगाएका हुन् । उता बाजुरामा सबैभन्दा बढीले पहिलो मात्राको खोप लगाएका छन् । जिल्लामा पूर्ण मात्रा खोप ८६ प्रतिशतले लगाएका छन्, भने २२ प्रतिशतले अतिरिक्त मात्राको खोप लगाएका छन् ।

दार्चुलामा ८६ प्रतिशतले पूर्ण मात्रा र ८२ प्रतिशतले पहिलो मात्रा एवम् ३० प्रतिशतले अतिरिक्त मात्रा लगाएका छन् । बैतडीमा पनि ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् ।



डडेल्धुरामा ८४ प्रतिशतले पूर्ण, ८२ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । डोटीमा ७८ प्रतिशतले पूर्ण, ७१ प्रतिशतले पहिलो र ३३ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन् । यता कैलालीमा ७९ प्रतिशतले पूर्ण, ८६ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले अतिरिक्त मात्रा लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका डा. जगदीश जोशीले कोरोना खोपका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक हुने बताएका छन् । निर्देशनालयले भदौमा पूर्ण खोप घोषणा गर्ने योजना बनाएको छ  ।



  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार २०:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया