रवि लामिछानेको भेलामा धनगढीका मेयरले भने - समस्या नेतामा होइन मतदातामा छ

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश भेलामा सहभागी भएका छन् । उनले भेलालाई सम्बोधनसमेत गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजना भएको भेलालाई मेयर हमालले सम्बोधन गरेका हुन् । प्रदेश भेलामा मेयर हमालले देश परिवर्तन गराएर आउने पुस्ताको जिम्मा लगाउने अभियानमा सफलता मिलोस् भनि कामना गरेका थिए ।

स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्नका लागि अभियानका रूपमा अगाडि बढ्नुपर्ने पनि मेयर हमालको सुझाव थियो । ‘समस्या नेताहरूमा छैन,’ उनले भने, ‘समस्या मतदातामा छ । जबसम्म मतदाता स्वतन्त्र हुँदैन तबसम्म सबै सम्भावना अधुरा हुन्छन् । सबैभन्दा पहिले जनता स्वतन्त्र हुनुपर्छ ।’

रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नेपालको जिल्ला दौडमा रहेको छ । शनिबार धनगढीमा भेला गरेको हो भने आइतबार कञ्चनपुरमा कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १६:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया