‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयन अन्तिम चरणमा : उद्योगमन्त्री बडू

सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुर्याएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका हुन् । 

नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको पनि बताए । 

सरकारले चलाइरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि सञ्चालनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरिरहेको दाबीसमेत गरे । सरकार र निजी क्षेत्र मिलेर अघि नबढ्ने हो भने फेरि पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने उनले बताए । 

मन्त्री बडूले सरकारले सञ्चालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताए । निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उनले दोहोर्याए । 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया