पाकिस्तानका प्रधानमन्त्री सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ  र उनको मन्त्रिपरिषद्लाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् । पिटिआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।

प्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भए पनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन कानुनको प्रस्ट उल्लंघन भएको निवेदनमा दाबी गरिएको  छ । 

प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १७:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया