एमाले-माओवादीले सिसिटिभी फुटेज र एम अधिकारी साटफेर गरे : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गर्न एमालेको समेत मिलेमतो रहेको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । 

एमालेले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजसँग एम अधिकारी साटफेर गरेको उल्लेख गर्दै भने, ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ, तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ?’

लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १९:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया