logo-img

बझाङकी सुत्केरी र नवजात शिशुको मृत्यु

डडेल्धुरा अस्पतालमा एक सुत्केरी आमा र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ । 

बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनिबार मृत्यु भएको हो ।

बेहोस अवस्थामा अस्पताल पुर्याइएकी सुनार र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको प्रहरीले बताएको छ । आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया