मैत्रीपूर्ण खेलमा युनाइटेड एट्लेटिकोसँग पराजित

प्रि–सिजन क्लब मैत्रीपूर्णअन्तर्गत आज सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो ।

नर्वेको उलेवल स्टेडियममा  एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले निर्णायक​ गोल गरे । उनले खेलको ८६औँ मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गरेका  थिए ।

थप गरिएको समयमा फ्रेडले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि युनाइटेड अन्तिम केही मिनेट १० खेलाडीमा सीमित बनेको थियो ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १९:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया