राष्ट्रिय आवश्यकताका आधारमा निर्वाचनसम्म गठबन्धन : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी संगठनप्रतिको आकर्षण बढ्ने बताएका छन् । 

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ शनिबार आयोजित कार्यक्रममा उनले जनभावनाअनुरूप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै उनले राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको दाबी गरे । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । जनता तथा समाजप्रति जनप्रतिनिधिको जिम्मेवारी अहम् हुने उनले बताए । 

कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याए । 

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार २०:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया